एमसीजीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
2.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । मूलपानी क्रिकेट मैदान (एमसीजी) को नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमारनाथ शाहको सम्मानमा मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामकरण गरेको हो ।
गत बैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँगको खेलबाट माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएपछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो ।
लामो समयदेखि बन्न शुरु गरेको भए पनि अझै पनि पूरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ ।