काठमाडौं । ब्रेस्ट क्यान्सरविरुद्ध चेतना जगाउने उद्येश्य सहित आगामी अक्टोबर २२ गते वाकथन पदयात्रा हुने भएको छ । रोज फाउन्डेसन नेपालको संयोजनमा आयोजना हुन लाकेको वाकथन ललितपुरको पाटन दरबार स्कायरमा बिहान ८:३० बजे सुरु हुने फाउन्डेन्सनका सचिव विवेक श्रेष्ठले बताए ।
ब्रेस्ट क्यान्सर र बच्चाहरुको क्यान्सरविरुद्ध काम गर्दै आएको रोज फाउन्डेसनले यस किसिमको वाकथन अभियान सन् २०१४ बाट गर्दै आएको श्रेष्ठले जनाए ।
ब्रेस्ट क्यान्सरबारे चेतना जगाउने अभियान भएकाले वाकथनमा सानोदेखि ठूलोसम्मले सहभागिता जनाउन सक्ने छन् । वाकथनमा सहभागीहरु मात्र हिडनुपर्ने छ ।
पछिल्लो समय क्यान्सर ठूलो समस्या हुँदै गएकाले क्यान्सरविरुद्द लड्न र चेतना जगाउन सबैको कर्तव्य रहेकाले अभियानमा सबैले सहयोग गर्नुपर्ने कुरामा श्रेष्ठको जोड छ ।
फाउन्डेसनले क्यान्सर पीडित बच्चाहरुको उपचारमा सहयोग गर्दै आएको छ भने क्यान्सरविरुद्ध जनचेतना जगाउने अभियान पनि गर्दै आएको छ ।