arrow

सेनामा २१ सय बढीलाई जागिर खुल्यो (सूचनासहित)

कपाल काट्ने देखि पण्डितसम्म

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
sena.jpeg
काठमाडौं । नेपाली सेनाले २१ सय बढीका लागि जागिर खुलाएको छ । नेपाली सेनाले जंगी अड्डा काठमाडौं सहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आह्वान गरेको हो । 
 
लेखाको जमदारदेखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डित सम्मको लागि दरबन्दी आह्वान भएको छ । यस्तै, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी र लोहार पदमा आवेदन माग गरिएको छ । 
 
पदअनुसार फरक–फरक योग्यता तय गरिएको छ । इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको हो ।
 
यस्तै, उपत्यकाबाहिर पूर्वी पृतना हेर्डक्वार्टर इटहरीका लागि १ सय ६० जनाका लागि दरखास्त मागेको छ । सोही पदमा भैरवीदल पाँचथर, ज्वालादल गण जाजरकोट र शेर गण खोटाङमा ६०–६० जनाको जागिर खुलेको छ । ज्वालादल र शेर गणमा लोहार समेत क्रमशः ३ जना, २ जना माग गरिएको छ । 
 
कृष्णदल गण राजविराज, ९ नम्बर बाहिनी अड्डा सिन्धुली, ईन्द्रबक्स गण रौतहट र सुदूर पश्चिम पृतना दिपायलमा मा ७५–७५ जना सैन्यका लागि दरखास्त आह्वान गरिएको छ । सेनाले मध्य पृतना मकवानपुर, २२ नम्बर वाहिनी बुटवल, पशुपतीप्रसाद गण लमजुङ, ४ नम्बर बाहिनी नेपालगञ्ज, रिपुमर्दिनी गण घोराही र शिवदल गण धनगढीमा १००–१०० जना मागेको छ । 
 
पश्चिम पृतना हेडक्वार्टर पोखरामा १५० जना एवं भगवती दल गण जुम्ला र संग्रामसार्दुल गुल्म बझाङमा ५०–५० जना सैन्यको लागि सेनाले दरखास्त आह्वान गरेको छ । भगवतीदलमा २ जना चर्मकर्मी र सग्रामसार्दुलमा २ जना लोहार समेत माग गरिएको छ । 
 
जंगी अड्काका लागि ५ जना लेखा जम्दार एवं ६ जना सहायक पण्डित (हुद्दा) समेत सेनाले माग गरेको छ । जंगी अड्डामा ११ जना अमल्दार, ५० जना सैन्य ड्राइभर, ४७ जना बन्दोबस्ती कार्य सिपाही, २२ जना कूचीकार, १ जना धोवी, ५ जना केशकर्तक र ९ जना वेटर पनि माग गरिएको छ ।  सबै भन्दा बढी माग गरेको सैन्य पदमा भिड्न शैक्षिक योग्यता ८ कक्षा पास भए पुग्नेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ