arrow

लोकमानको घरमा म्याद टाँस्ने नयाँ प्रयास पनि विफल

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
lokman-singh-karki.jpeg
काठमाडौं । सर्वोच्च अदालतको तामेल्दारको टोलीले फेरि पनि म्याद तामेल गर्न सकेन । अवरोधका कारण म्याद तामेल गर्न नसकेपछि टोलि वडा सचिव सहितको मुचुल्का बनाई सर्वोच्च अदालत फर्केको छ ।
 
साेमबार दुई पटकको प्रयासका बाबजुद केही व्यक्तिले अवरोध गरेपछि टोलि म्याद टाँस्न नसकि फर्किएको हो । 
 
कार्कीको मध्य बानेश्वरस्थित घरमा आफूलाई वडा नागरिक मञ्चका पदाधिकारी बताउने केही युवाले कार्की सो घरमा नबस्ने भएकाले म्याद टाँस्न नदिने बताए । केही दिन अघि आफुहरुलाई केही थाहा नभएको बताउने युवाहरुनै सोमबार सर्वोच्चका तामेलदारसंग कड्किएका थिए ।   
 
यस्तै, सोमबार विहान पनि सामसङ कम्पनीका कर्मचारी बताउने समूहले म्याद टाँस्न रोकेको थियो । सो समूहको अवरोधपछि सर्वोच्चको टोलीले आफ्नो प्रशासनलाई जानकारी गराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ