arrow

एमसीजीको नाम फेरिएपछि स्थानीयले लगाए ताला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
mcg-mulpani-cricket-ground-2080-03-17.jpg

काठमाडौँ । मूलपानी क्रिकेट मैदान (एमसीजी) को नाम परिवर्तन गरी जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएपछि स्थानीयले विरोध गरेका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबार बसेको बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ नामकरण गर्दै क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमारनाथ शाहको सम्मानमा नामकरण गरेको हो ।

सोही मैदानको नाम परिवर्तन गरिएपछि स्थानीय भने आक्रोशित भएका छन् । उनीहरुले भएकै नाम यथावत् राख्नुपर्ने मागसमेत गरेका छन् । 

गत बैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँगको खेलबाट माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएपछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो ।

लामो समयदेखि बन्न शुरु गरेको भए पनि अझै पनि पूरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ