arrow

नेपाली र अमेरिकी सेना संयुक्त तालिममा

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
PR-44-01.jpeg
काठमाडौं । छाउनीस्थित महावीर गण (रेन्जर) र अमेरिकी सेनाको विशेष कार्यसमूहबीच सोमबार देखि संयुक्त तालिम–अभ्यास ‘टिक नेल १७–०१’ सञ्चालन भएको छ। 
 
विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा आधारित रहने तालिम रसुवाको लाङटाङ र कास्कीको पोखरा इलाकामा कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । तालिमका लागि अमेरिकी सेनाको टोली गत असोज २७ गते नेपाल आइपुगेको थियो । 
 
यस्तो संयुक्त तालिम तथा अभ्यासबाट नेपाली र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग पुग्नुका साथै नेपाली सेनाको क्षमतामा समेत वृद्धि हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ