arrow

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
upper-house2.jpg

काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल भएको छ । 

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरेका हुन् । 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ । 

जसअन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि छुट्याइएको बजेटबारे छलफल भइरहेको छ । 

बैठकमा आज छलफलका लागि तोकिएका मन्त्रालयको बजेट कटौतीको प्रस्ताव पनि प्रस्तुत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ