arrow

५० थान लागूऔषध सहित युवा पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ कार्तिक १ सोमबार
lagu-yuba-syanja.jpeg
स्याङजा । स्याङजाको वडा प्रहरी कार्यालय वालिङले लागूऔषध सहित एक जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुटवलबाट पोखरा लैजादै गरेको अवस्थामा प्रहरीले भिरकोट नगरपालिका स्थित सिद्धार्थ राजमार्गबाट उनलाई पक्राउ गरेको हो । कास्कीको पोखरा उपमहानगरपालिका –९ बस्ने वर्ष १९ का सन्दिप केसीलाई लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका केसीको साथबाट डाइजेपाम १७, फेनारगन १६ र नोफिन १७ गरी ५० थान लागुऔषध बरामद भएको छ ।सिधै भारतसगँ जोडिएको सिद्धार्थ राजमार्गको बाटो हुँदै पोखरा सम्म लागूऔषध ओसार पसार भइरहेको प्रहरीले जनाएको छ ।
 
यस्ता खालका लागुऔषध भारतबाट ल्याइन्छ प्रहरी निरिक्षक उत्तम प्रकाश वरालले भने, ‘भारतबाट ल्याउने लागुऔषध बुटवल पाल्पा हुदै स्याङजाको बाटो भएर पोखरा सम्म पुर्‍याउने गरेका छन् ।’ केही लागुऔषध स्याङजामा पनि छाड्ने र अधिकांश पोखरा लैजाने गरेको प्रहरीको अनुमान छ बरालले थपे । 
 
लागुऔषधमा अधिकांश बाहिरी जिल्लाका युवाहरु पक्राउ पर्ने गरेका छन् । लागुऔषधमा १५ देखि ३० वर्ष सम्मका युवाहरु संलग्न हुने गरेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश बरालले जानकारी दिए ।
 
चाडवाडका बेला प्रहरीले हुन सक्ने घट्नाहरुलाई मध्यनजर गर्दै सुरक्षा गस्ती बढाएकै बेला प्रहरीले लागूऔषध सहित युवालाई पक्राउ गर्न सफल भएको जनाएको छ । असोज २९ गते पक्राउ परेका केसीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ