arrow

ओलीको कटाक्ष–‘बाटोमा भेट हुँदैमा त्रिपक्षीय वार्ता भयो भनि प्रचार गर्नु मजाक मात्रै हो’

ढुंगा खोज्दा देउता भेटे : दाहाल

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
kp-oli.jpg.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले कुटनीतिक मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् । 
 
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले विमिस्टेक सम्मेलनमा सहभागि हुने क्रममा भारतको गोवामा डिनरका लागि कार्गेट पर्खने क्रममा भएको संयोगवसको भेटघाटलाई त्रिपक्षीय वार्ता भनि प्रचार गरेर कुटनीतिक मर्यादाको उलंघन गरेको आरोप लगाएका हुन् । 
 
पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सोमबार संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीले जीले नभएको त्रिपक्षीय वार्ताका बारेमा टिप्पणी गर्नु लज्जास्पद हो ।’
 
अध्यक्ष ओलीले भारतीय विदेश मन्त्रालयले नै त्रिपक्षीय वार्ता नभएको स्पष्ट पारिसकेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले महत्वपूर्ण वार्ता भनि प्रचार गर्नु गलत र असोभनीय भएको भन्दै टिप्पणी गरे । अध्यक्ष ओलीले व्यग्यात्मक शैलीमा भने, ‘बाटोमा भेट हुँदैमा त्रिपक्षीय वार्ता भयो भनि प्रचार गर्नु मजाक मात्रै हो ।’
 
भारतको गोवामा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय वार्ता गरेको समाचार बाहिर आएपछि भिन्न टिका टिप्पणी भइरहेकै बेला ओलीले समेत आलोचना गरे । 
 
यद्यपि, प्रधानमन्त्री दाहालले स्वदेश फर्किएपछि पनि त्रिपक्षीय भेट दुर्लभ संयोग भएको बताएका छन् । चिनियाँ राष्ट्रपतिसँगको भेटको प्रसंग उल्लेख गर्दै दाहालले आफुले ढुंगा खोज्दा देउता भेटेको समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ