arrow

नेपाली युवाहरुको कथा ‘लेट्स अभिनय गरौँ’ [फोटोफिचरसहित] 

logo
मनिष अर्याल, 
प्रकाशित २०८० असार २० बुधबार
art.jpg

काठमाडौँ । कौशी थिएटरमा अहिले युवापुस्ताको कथा र बेथामा बनेको नाटक मन्चन भैरहेको छ । एक हुल युवाहरु आफ्नो जीवनको निराशाजनक समय, नाच र संर्गीतमार्फत दर्शकको मन जितिरहेका छन् । 

हुन त त्यो नाटकको कथा युवाहरुसँगै जोडिन आउँछ । नाटक शुरु हुन्छ एक हुल युवा देशमा के गर्ने भनेर कसैको के कुरा कसैको के कुरा सबैको कुरा मिलाउँदा संक्षिप्तमा निराशा र बेराजगारसँग गएर जोडिन्छ । 

सबैको आफ्नो सोच हुन्छ, आफ्नो आफ्नो बाटो हुन्छ तर कोही कतै सफल भएको देखिँदैन । नाटक नाच र सङ्गीतले अझ सुनमा सुगन्ध दिएको छ । बिहान उठेर नित्य कर्म गरेर सबै आफ्नो आफ्नो गन्तव्यमा लागेको देखिन्छ । काठमाडौँकै कथासँग जोडेर युवाको अवस्था दैनिकी र पीडा देखाइएको छ । 

कसैको दिन लाइनमा बित्छ, कसैको चुरोट तानेर, कसैको कुरा काटेर त कसैको जागिर खोज्दा खोज्दा । 

हो यस्तै कथाहरु जोडेर लेट्स अभिनय गरौँ सिर्जना भएको निर्देशक तथा रङ्गकर्मी सुदाम सिके बताउँछन् । 

कौशी कलाकारहरु नाटक आफ्नै वास्तविकता भएको बताउँछन् । नाटकलाई मन पराएर दोहोरिएर हेर्न आएको पनि पाएको कलाकार बिनिता लामा गुरुङ बताउँछिन् ।  

कौशी थिएटरमा मन्चन भएको यो नाटक असार ६ गतेदेखि १७ गतेसम्म देखाइएकोलाई दर्शकको अझ माग भएर थप ६ वटा शो मन्चन गरिने निर्देशक सुदाम सीके बताउँछन् । (नेपाल फोटो लाइब्रेरीबाट)

IMG_6346.jpg
IMG_6177.jpg
IMG_6504.jpg
IMG_6497.jpg
IMG_6206.jpg
IMG_6271.jpg
IMG_6121.jpg
IMG_6399.jpg
IMG_6475.jpg
IMG_6332.jpg
IMG_6416.jpg
IMG_6245.jpg
IMG_6458.jpg
IMG_6103.jpg
IMG_6285.jpg
IMG_6376.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ