arrow

राष्ट्रपति भण्डारीलाई बानकी मुनका विशेष सल्लाहकारले भेटे

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
Bidhya-Bhandari-naya-news.jpg.jpeg
काठमाडौँ । राष्ट्र सङ्घका महासचिव बानकी–मुनका ‘विकासका लागि वित्तीय नवप्रवत्र्तनसम्बन्धी विशेष सल्लाहकार  प्राध्यापक फेलिप डुस्ट ब्लाजीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । 
 
सोमबार अपरान्ह ब्लाजीले राष्ट्रपति कार्यालय पुगेर भेट गरे । भेटमा नेपाल र राष्ट्र सङ्घबीचको सम्बन्धका साथै नेपालको सामाजिक–आर्थिक विकासमा राष्ट्र सङ्घले निर्वाह गरेको भूमिकाबारे विमर्श भएको थियो । 
 
राष्ट्रपति भण्डारीले विश्व शान्ति स्थापना तथा नेपालको विकास प्रयासमा राष्ट्र सङ्घबाट निरन्तर प्राप्त सहयोगको सराहना गरिन् । 
 
विश्व स्वास्थ्य सङ्गठनका भावी महानिर्देशकका लागि फ्रान्सले आफूलाई उम्मेदवार घोषणा गरेपछि नेपालको समर्थन जुटाउन ब्लाजी नेपाल भ्रमणमा आएका हुन् । 
 
राष्ट्रपतिलाई ब्लाजीले आफ्नो उम्मेदवारीबारे समेत जानकारी गराए । भेटमा नेपालका लागि फ्रान्सका राजदूत इभ कारमोना, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र नेपालस्थित फ्रेन्च राजदूतावासका उच्च अधिकारी सहभागि थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ