arrow

मन्त्री रमेश लेखक स्वदेश फिर्ता

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
ramesh-lekhak.jpeg
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक बोलिभियामा सम्पन्न सडक सुरक्षासम्बन्धी सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् ।  
 
मन्त्री लेखकले सम्मेलनमा भूपरिवेष्ठित अल्पविकसित मुलुकसँग सम्बन्धित भियना कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका बारेमा गहन छलफल भएको जानकारी दिए ।
 
मन्त्रिस्तरीय उक्त सम्मेलनमा सडक पूर्वाधार सुरक्षा, यातायात ट्रान्जिट सुधार, भूपरिवेष्ठित मुलुकको पारवहन अधिकारलगायत विषयमा छलफल भएको थियो ।
 
 संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्य हासिल गर्ने सम्बन्धमा सदस्य मुलुकले अपनाउनुपर्ने प्रयास र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री लेखकले बताए । 
 
सम्मेलनमा भाग लिन मन्त्री लेखक गत असोज २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ