arrow

एमालेको अवरोधकाबीच राष्ट्रिय सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
upper-house2.jpg

काठमाडौं । आज राष्ट्रिय सभा बैठक बस्दै छ । नेकपा एमालेले अवरोध गर्दै आएको राष्ट्रिय सभा बैठक आज आज मध्यान्ह साढे १२ बजे बस्न लागेको हो ।  

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद चल्न नदिने बताइरहेको छ । यसअघिका दुईवटा  राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको थियो ।

एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह दिल्ली जानेदेखि नेपालका नेताहरूलाई भेटेको उल्लेख गरेपछि प्रचण्डको राजीनामा एमालेले मागेको हो । 

आज प्रतिनिधि सभाको बैठक पनि बस्दै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ