arrow

कोरला नाकामा आन्तरिक पर्यटक बढे

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
corala-naka.jpeg
बेनी  । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । 
 
सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन् । 
 
पश्चिमाञ्चल क्षेत्रका व्यापारी दसैँको बिदा मनाउन नाका अवलोकन गर्न थालेको लोमान्थाङका स्थानीय सुवर्ण विष्टले जानकारी दिए ।
 
 “नाका खुले व्यापारिकरुपमा कसरी लाभ लिन सकिन्छ भन्ने नै व्यापारीको भ्रमणको मुख्य उद्देश्य हुने गरेको छ, उनले भने “दसैँलगत्तै लोमान्थाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
 
 दैनिक २०० को हाराहारीमा पर्यटक त्यहाँ पुग्ने गरेको विष्टको भनाइ छ । 
 
लोमान्थाङबाट आधा घन्टाभित्र सवारीसाधनमै कोरलानाका पुग्न सकिन्छ । जीर्ण भएपनि नाकासम्म सडक सञ्जाल पुगेपछि सर्वसाधारणको पहुँच बढ्दै गएको हो । 
 
सीमा क्षेत्रमा चिनियाँ पक्षले सुरक्षामा कडाइ गर्ने भएकाले धेरै बेरसम्म बस्न नपाइने त्यहाँ पुगेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यको भनाइ छ । 
 
“नाका सञ्चालनका विषयमा हामीले आफ्नो ठाउँबाट व्यापक दबाब दिइरहेका छौँ, यो जसरी पनि खुल्नुपर्छ,” शाक्यले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ