arrow

जोखिमयुक्त सडकमा बोलेरो चिप्लियो, १७ जना घाइते

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
accident-final.jpeg
रत्ननगर । चितवनको दारेचोक गाविसको ग्रामीण सडकमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । 
 
इच्छाकामनाबाट फिस्लिङ आउने क्रममा गाउँको कच्ची सडकमा चल्ने ग २ च ३८१५ नम्बरको पिकअप गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
राति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडी सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाइ छ । 
 
उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यहाँको ग्रामीण क्षेत्रमा निकै भिरालो र जोखिमयुक्त सडक रहेको छ जसका कारण दुर्घटनाको भय हुन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ