arrow

कर्णाली करिडोर खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
karnali-coridor.jpg
तस्वीर फाइल

मान्मा । तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो ।

ठाउँ-ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ । 

तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका-८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिराले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताए । 

“करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ”, उनले भने, “सान्नीत्रिवेणी गाउँपालिका-१ को लुसागाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ ।” 

वर्षायामको बेला कर्णाली करिडोर क्षेत्र निकै जोखिम हुने गरेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ