arrow

सभामुखले राजीनामा दिनुपर्ने कि नपर्ने, मुद्दाको सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री सिफारिसको प्रक्रिया गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुँदैछ । 

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई संविधान विपरीत कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमाथि आज सुनवाइ हुने भएको हो ।

कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए । 

निष्पक्ष बस्नुपर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको एमालेको आरोप छ । एमालेले सभामुखको राजीनामा समेत मागेको छ । सोही विषयमा आज   सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो । 

यता कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत प्राप्त हुने दाबी गरेका छन् । शनिवार झापा पुगेर मुख्यमन्त्री थापाले आगामी एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेश सभामा विश्वासको मत प्राप्त हुने दाबी गरेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ