arrow

दशैँ मनाउन गएका कर्मचारी नफर्कदा सेवाग्राही मर्कामा

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। दशैँ मनाउन विदामा बसेका सरकारी कार्यालयका कर्मचारी अझै कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही मर्कामा परेका छन्। विदा सकिएको ६ दिन वित्दा पनि दशैँ मनाउन गएका अधिकांश कर्मचारी अहिले सम्म नफर्कदा सेवाग्राही मर्कोमा परेका हुन्।
 
जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको छड्के अनुगमनका क्रममा अधिकांश कर्मचारी कार्यालयमा  उपस्थित नभएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर वस्नेतले जानकारी दिए। उनका अनुसार १० वटा सरकारी कार्यालयका प्रमूख सहित ६० जना भन्दा अधिक कर्मचारी अनुपस्थित रहेको भेटिएको छ।
 
छड्केका क्रममा खानेपानी तथा सरसफाइ सव डिभिजन, तथ्यांक, फिदिम नगरपालिका र सिंचाइ विकास डिभिजनमा कार्यालय प्रमूख सहित ५–५ जना, कृषि विकास कार्यालयमा प्रमूख सहित ९ जना,पशु सेवा कार्यालय,जिल्ला वन कार्यालय र नापी कार्यालयमा प्रमूख सहित ६–६ जना  जिल्ला शिक्षा र जिल्ला स्वास्थ कार्यालयमा प्रमूख सहित ७–७ जना कर्मचारी अनुपस्थित भेटिएका हुन्।
 
ती कार्यालय मध्ये अधिकांसमा कार्यालय सहायक र तथा सिंचाई र वन कार्यालयमा लेखापाल मात्रै हाजिर रहेको भेटिएको बताइएको छ। छड्के गरिएमध्ये महिला तथा वाल वालिका कार्यालय,भूं–संरक्षण कार्यालय जिल्ला प्राविधिक कार्यालय,घरेलु तथा साना उद्योग विकास समिति र मालपोत कार्यालयमा भने सत प्रतिसत कर्मचारी हाजिर रहेको पाइएको पनि बस्नेतले जानकारी दिए।
 
अनुपस्थित रहेका कर्मचारीलाई तत्काल स्पष्टिकरण सोधि चित्तवुझ्दो जवाफ नआए विभागीय कार्वा्हिका लागि सिफारिस गरिने प्रमूख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ