arrow

राष्ट्रिय सभाको बैठक जारी, एमालेको अडान कायमै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार

काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठक बिहान ११ः३१ बजे सुरु भएको हो । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

 जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथीको बजेटमाथि छलफल हुनेछ । 

साथै गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ । 

बस्न देला त एमालेले बैठक 
बैठक चालु हुनेमा भने शंका छ । गत सातादेखि एमालेले दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक प्रसंगमा सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको बताएपछि त्यसैलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको छ । 

जसका कारण विभिन्न विधेयकहरु अलपत्र परेका छन् । 

आज पनि संदन चल्न भन्नेमा आश्वस्त हुन नसकेको नेताहरुको बुझाइ छ । सभामुख देवराज घिमिरेले समस्या समाधान नभएसम्म सदन नचल्ने बताएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वार्ताका माध्यमबाटै समस्याको समाधान हुने भन्दै प्रधानमन्त्री स्पष्टीकरण दिने अवसर दिन आग्रह गरिरहेका छन् । 

तर एमाले भने एकसूत्रीय माग लिएर सदन अवरुद्ध गर्दै आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ