arrow

राष्ट्रिय सभामा एमालेको अवरोध

प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म सदन अवरोध जारी रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
uml-rastriyasava.JPG

काठमाडौं । नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ । एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो ।

 प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म सदन अवरोध जारी रहने एमालेले जनाएको छ । गत सातादेखि एमालेले दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक प्रसङ्गमा सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको बताएपछि त्यसैलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको हो ।  

सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार अवरोध खुलाउन आग्रह गरे पनि एमालेका राष्ट्रिय सभा सदस्यले नमानेपछि  असार २५ गते सम्मका लागि स्थगन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ