arrow

कोशीको राजनीतिक कहर

सरकारमा गएको दुई दिनमै नेकपा एसको घुर्की, भने जति मन्त्रालय नपाए समर्थन फिर्ता 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असार २४ आइतबार
NCP-united-socialist-madhav-nepal.jpg
तस्बिर – फाइल ।

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिमण्डल विस्तार गरेका छन् । आइतबार उनले नेकपा माओवादी केन्द्रका दुई तथा नेपाली कांग्रेसका एक सांसदलाई मन्त्री बनाएका हुन् । 

माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्कीलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै कांग्रेसका रामकुमार खत्री पनि मन्त्री बनेका छन् । उनीहरुले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । 

आचार्य माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् । उनलाई कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिएको छ । आचार्य  हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए । उनले  जेठ २३ मा राजीनामा दिएका थिए । एक महिनामै आचार्य पुनः मन्त्री बनेका हुन् । जीवनबाहेक अन्य मन्त्रीहरूको भने जिम्मेवारी तोकिएको छैन । 

बिहीबार मुख्यमन्त्री भएर शुक्रबार पद तथा गोपनियताको शपथ लिँदै जिम्मेवारी सम्हालेका थापाले शुक्रबारै कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका थिए । 

एकीकृत समाजवादी भने मन्त्रिमण्डल विस्तारमा असन्तुष्ट बनेको छ । आज नयाँ नियुक्त भएका तीन मन्त्रीमा आफ्नो पार्टीका कोही नपरेपछि एकीकृत समाजवादीले असन्तुष्टि जनाएको हो । 

यसअघि एक जना मन्त्री थप्ने सहमति भए पनि तीन मन्त्री थप हुँदा आफ्नो पार्टीबाट नपरेको एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले बताए । 

एकीकृत समाजवादीबाट एक जना भने मन्त्री नियुक्त भइसकेका छन् ।

त्यही असन्तुष्टिबीच आजको शपथको कार्यक्रममा मन्त्री जवेगु सहभागी भएनन् । 

उनी मन्त्री बनेको दुई दिनमात्रै भएको छ । यसरी दुई दिनमै असन्तुष्टि जनाउँदा भने समस्या उब्जिएको छ । 

तर समाजवादी संसदीय दलका नेता राईले भने यो समस्याको समाधान हुने आशा व्यक्त गरेका छन् । तर भनेअनुसार नभए समर्थन फिर्ता लिने सन्देश दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ