arrow

प्रतिनिधि सभा बैठक सूचना टाँसेर सोमबारलाई सारियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ । 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सोमबार दिउँसो ३ बजे बस्नेगरी सारिएको थियो ।  तर पछि सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । 

यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारिएको थियो । 

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको टाँसेको सूचनामा सोमबार दिँउँसो ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ । 

बैठक संचालनका लागि दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ