arrow

बहुलाहा कुकुरले टोकेर महिला र चौपायाको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
udayepur.jpg.jpeg
गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से तथा बाबरी क्षेत्रमा एक हप्तायतादेखि बौलाहा कुकुरको बिगबिगी बढेको छ । 
 
स्थानीयवासी राजकुमार राईका अनुसार एक हप्ताभित्र बहुलाहा कुकुरको टोकाइबाट एक महिला र एउटा गाईको मृत्यु भएको छ भने एउटा बालिका सख्त घाइते भएकी छन् । 
 
बाबरीकी ७० वर्षीया मनसरी राईको बहुलाहा कुकुरको टोकाइबाट मृत्यु भएको र अर्का १० वर्षीया बालिका रेजिना राई घाइते भएको प्रहरीले जनाएको छ । बहुलाहा कुकुरकै टोकाइबाट स्थानीय राजकुमार राईका गाईको पनि मृत्यु भएको छ । 
 
छ दिन अगाडि नै कुकुरले टोकेपछि सोमबार एउटा गाईको मृत्यु भएको बताइएको छ । गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा नहुँदा सो गाईको दूध पनि धेरैले खाएका कारण अहिले स्थानीयवासीमा रेबिज रोगको त्रास बढेको गाई पालक राईले बताए । 
 
उक्त गाईको दूध खाने सबैलाई अहिले जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली पठाएर रेबिजविरुद्धको खोप दिन थालिएको प्रहरी प्रमुख नरबहादुर केसीले जानकारी दिए । 
 
महिला, गाई र बालिका टोक्ने कुकुर पनि सोमबार बिहान मरेको प्रहरीले बताएको छ । सो बहुलाहा कुकुर गत सोमबार मरेपछि प्रहरीले संभावित अन्य कुकुर मार्ने अभियान सुरु गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ