arrow

साँघुरा गल्लीमा ब्लक बिछ्याउँदै महानगर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
kathmandu-metro-final-final.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मुख्य सहरी क्षेत्रअन्तर्गत साँघुरा गल्लीमा ब्लक छाप्न थालेको छ । दुई दशकअघि बिछ्याइएका ढुङ्गा उक्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको हो । 
 
महानगरपालिका-२५ ले ढुङ्गाका कारण समस्या भएको जनगुनासो आएपछि ब्लक राख्न थालेको जनाएको छ । चालु आर्थिक वर्षमा नमूनाका रुपमा छ हजार पाँच सय वर्ग फुट क्षेत्रमा ब्लक लगाइएको वडा नं २५ का अध्यक्ष राजेश डङ्गोलले जानकारी दिए । ब्लक छाप्ने क्रममा पुरानो ड्रेन(नाली) भरिएको गुनासो आएपछि ढलका लागि पाइप राखिएको उनले बताए । 

ढुङ्गाले गर्मीमा पोल्ने र जाडोमा चिसो हुने गरेकाले वातावरण मैत्री ब्लक छापिएको वडा कार्यालयले जनाएको छ । ढुङ्गा फुटेर समस्या हुने गरेकामा एसियन ब्लक कम्पनीले पाँच वर्षसम्म ब्लक फुटेमा आफैँ फेरिदिने सम्झौता गरेकाले सहज भएको वडा सदस्य कृष्ण प्रजापतिको भनाइ छ । 
 
पहिले राखिएका ढुङ्गा निकालेर वडाले सुरक्षित राखेको छ । ढुङ्गाकै माग गर्ने टोलमा भने यही छाप्ने योजना रहेको वडा कार्यालयले जनाएको छ । बैगुनधुरा निर्माण सेवाका सुपरभाइजर उत्तम श्रेष्ठले ढुङ्गा विच्छ्याउँदा बेला-बेलामा मर्मत गर्नुपर्नेमा ब्लक राखेपछि मर्मत गर्नु नपर्ने बताए । 



नयाँ