arrow

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
rastriya-sabha-2080-01-26.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बिहान ११ बजे बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक सातादेखि गरेको संसद अवरोध हटेसँगै संसद नियमित हुनेछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमाथिको बजेट माथि छलफल हुनेछ । 

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुट्टाइएको बजेटमाथि पनि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ