arrow

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
karnali-parliament-2080.jpg

सुर्खेत। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ ।

असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बसेको २५औँ बैठकमा प्रदेश सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ दिनुभयो ।

 मुख्यमन्त्री शर्माले जवाफ दिएलगत्तै सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०८०’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०८०’ पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभयो । मन्त्री सिंहले कर्णाली प्रदेशसभा नियमावली, २०७० को नियम १४० को उपनियम १२ र नियम १४७ को उपनियम ५ बमोजिम दुवै विधेयक पारितका लागि सभामा प्रस्ताव राख्नुभयो । 

उक्त प्रस्तावपछि सभाबाट बजेट बहुमतले पारित भएको सभामुख गुरुङले घोषणा गर्नुभयो । कर्णाली प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ