arrow

सर्वोच्चले दियो कोशी सरकार गठन विरुद्धको रिटमा अन्तरिम आदेश [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई यो मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सर्वोच्चले प्रदेश सभामा सभामुख गौतमको हस्ताक्षरसहितको बहुमत पुर्‍याइएको सम्बन्धमा पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई कारण देखाउन आदेश दिएको छ ।

यस्तो छ अन्तरिम आदेश



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ