arrow

राष्ट्रिय सभा बैठक

शून्य समयमा कसले के भने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगी प्रभावित जिल्लाको रूपमा सूचीकृत गर नियन्त्रणका लागि पहिल गर्न माग गरेकी छन् ।  

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगी प्रभावित जिल्लाको रूपमा सूचिकृत गर्न माग गरेकी हुन् । 

उनले सूचिकृत गरी डेंगीको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरू बन्द गरी बिद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

राष्ट्रिय सभा सदस्य कुमार दसौदीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गरे । उनले पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि सरकारले मूल्य नघटाएको बताए।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजना(एक्याप)ले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले समस्या समाधान गर्न सरकारलाई अनुरोध गरे । 

राष्ट्रिय सभा सदस्य दीपा गुरुङले वर्षाका कारण देशको थुप्रै ठाउँमा बाढी, पहिरो गएको र जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले प्रभावितहरूलाई व्यवस्थित ढङ्गले राहत, सहुलियतका साथै स्थानान्तरण गरी बसोबासको उचित व्यवस्था मिलाउन माग गरिन्। 

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले आगामी आर्थिक वर्ष २०८०÷८१ मा हुम्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी बजेटको सुनिश्चितता मिलाउन माग गरिन् । त्यस्तै सडक निर्माणमा खटिएका नेपाली सेनाको जोखिम भत्ता नकटाउन समेत उनले माग गरिन् ।

राष्ट्रिय सभा सदस्य महेशकुमार महराले डडेलधुरामा अविरल वर्षाका कारण केही गाउँ भासिएर ४५ घरहरू विस्थापित भएको भन्दै उनीहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरे ।

राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले खेतीको सिजनमा किसानले मल नपाएका बताए । राष्ट्रिय सभा बैठक जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ