arrow

पोखरा १३ मा निःशुल्क एम्बुलेन्स सेवा, महानगरका सबै सेवा दिने वडाध्यक्ष बरालको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
kiran-baral-pokhara13.jpg

पोखरा । पोखरा महानगरपालिकिा १३ मा निःशुल्क एम्बुलेन्स सेवा शुरु भएको छ । महानगरपालिका १३ का वडाध्यक्ष किरण बरालले यसबारेमा जानकारी दिँदै बिहीबारदेखि वडामा बिहीबारदेखि निः शुल्क एम्बुलेन्स सेवा शुरु भएको बताएका हुन् । 

उनले महानगरपालिकाभित्र बसेर पनि महानगरबासीको महसुस गर्न नपाएको भन्दै त्यसपति क्षमा माग्दै आफ्नो कार्यकालभित्र महानगरभित्र प्रवाह हुेने सबै सेवा र सुबिधा पुर्याउने बताएका छन् । 

उनले सामाजिक सञ्जालमा यसरी लेखेका छन्–
तपाईंहरुकै सेवामा समर्पित !
आज पनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन । महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । त्यो प्रत्याभूति दिलाउन नसकेकोमा हामी क्षमाप्रार्थी छौँ । तर विश्वास पनि दिलाउन चाहन्छु कि मैले मेरो कार्यकालभित्र पोखरा १३ लाई महानगरबाट प्रवाह हुने सबै सेवा र सुविधा ल्याइ पुर्‍याउन दिनरात प्रयास र पैरवी गर्नेछु । आज सानो खुशीको खबर तपाईहरुलाईः
पोखरा १३ ले आजैका दिनदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खवर सुनाउन पाउँदा खुसी लागेको छ । अबदेखि पोखराका जुनसुकै अस्पतालमा उपचारका लागि बिरामी लैजानुपर्दा तपाईंले एम्बुलेन्समा लाग्ने पैसा तिर्नुपर्दैन । तल दिइएका नम्बरहरुमा फोन गर्नुहोस् र सेवा लिनुहोस् ।
मैले सँधै आँफुलाई तपाईंको सेवक ठानेको छु । बरु मैले गरेका काम र व्यवहारले तपाईंहरुलाई कस्तो लागिरहेको छ ? कृपया सल्लाह र सुझाव पनि दिँदै गर्नुहोला । धन्यवाद ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ