arrow

लम्पी स्किन रोगको महामारीबारे सरकारको ध्यानाकर्षण, सभामुखको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
devraj-ghimire-speaker-2080-02-08.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पशुचौपायामा देखिएको लम्पी स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरीसँगै प्रतिपक्ष र सत्ता पक्षका सांसदहरुले लम्पी स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

लम्की स्किन रोग नियन्त्रणका लागि बजेट छुट्याएर तत्काल काम गर्न र पीडित किसानलाई राहत उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् । 

योसँगै सभामुख देवराज घिमिरेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई जवाफ दिन निर्देशन दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ