सुकुमबासीले धनीपूर्जा कहिले पाउँछन् ? – डा सुनील शर्मा
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
1.8k
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा सुनीलकुमार शर्माले सुकुमबासीलाई कहिले धनीपूर्जा दिने हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘चुनाव सकिएको आठ महिना भएछ । सुकुमबासीहरुको धनीपूर्जा वितरण कार्य भएको छैन । यो कति महिनामा कति वर्षमा हुन्छ भन्ने कुरा पनि यो सरकारबाट जानकारी पाउन पाएदेखिन् कमसेकम गाउँमा जाँदा जनतालाई बताउन सकिन्थ्यो कि भन्ने लाग्छ ।’
त्यसैगरी सांसद शर्माले अहिलेको गृहमन्त्री नारायणकाजीलाई ‘स्टन्टबाज’ को संज्ञा दिँदै लम्की स्किनबाट गाईबस्तु मरेको भन्दै पीडित किसानलाई २४ घण्टाभित्र राहतको घोषणा गर्न जोड दिएका छन् ।
शून्य समयमा बोल्दै उनले भने, ‘अहिलेको सरकारको गृहमन्त्री पनि कस्तो स्टयान्डबाज हुनुहुन्छ । अर्थमन्त्री त अमेरिकामा पढेर आउनु भएको । यत्रो महामारी छ किसानका गाईबस्तुहरु अहिले मरिरहेका छन् । अलिकति राहत घोषणा गर्ने कुरामा ढिलाइ नगरी २४ घण्टाभित्र घोषणा गरिदिए कस्तो हुन्थ्यो होला ।’