arrow

सांसद गौतम सोध्छिन् – युवालाई समृद्धिको बाटोमा डोहोर्‍याउन सरकारले के तयारी गरेको छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
sobita-gautam-2080-03-29.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सोबिता गौतमले नेपालको अबको भविष्य नेपालको आर्थिक वृद्धि कस्तो हुन्छ भन्नेमा अडिएको बताएकी छिन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गौतमले विदेशीसँग ऋण लिने अनि हरेक वर्ष त्यही ऋणको ब्याज तिर्न अर्को ऋण लिने प्रचलन र छिमेक र विश्व समुदायसँग हात फैलाएर मागेको सहयोगले मात्र नेपालको समृद्धि हुन नसक्ने बताइन् । 

उनले भनिन्, ‘अब नेपालको दिगो आर्थिक वृद्धिका लागि हामीले आफ्नै देशभित्र भएका सम्भावनाहरुको खोजी शुरु गर्नुपर्छ । नेपालको अर्थतन्त्र चलायमान बनाउनु पर्छ ।’

उनले अगाडि भनिन्, ‘नेपालमा आन्तरिक श्रम बजारका विकल्पहरु खोजी गरिनु पर्छ । नेपालमा ‘पार्ट टाइम जब सिष्टम’ को औपचारिक शुरुआत गरिनु पर्छ र ‘गिग इकोनोमी’ लाई कर र सामाजिक सुरक्षाको दायरामा लिएर आउनु आवश्यक छ ।’

उनले त्यस्ता पार्ट टाइम कामदारलाई घण्टा अथवा दिइएको कामको आधारमा बैंकमार्फत ज्याला दिने प्रणालीको विकास गरिनुपर्नेमा समेत जोड दिएकी छिन् । 

यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भइ युवाहरु आर्थिक रुपले आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ । 

सांसद गौतम अगाडि भन्छिन्, ‘जसले युवालाई उद्यमशील हुँदै अन्य समृद्धिको बाटोमा डोहोर्याउन सक्छ । यस विषयमा सरकारले के तयारी गरेको छ ? श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र अर्थमन्त्रीलाई जवाफ दिन सभामुखमार्फत अनुरोध गर्दछु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ