arrow

बुलेट किंग मिथिलेश

logo
मनिष अर्याल,
प्रकाशित २०८० असार ३० शनिबार
bullet bike.jpg
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । उनी हरियो रंगको मोटरसाइकलको इन्जिन कस्दै थिए । विभिन्न आकारका रेन्चि भुइँमा थिए । उनी एउटा रेन्चिले इन्जिन कसिरहेका थिए । उनी हुन बुलेट किंगका रुपमा परिचित बिरामी मोटरसाइकलका डाक्टर अर्थात् मोटरसाइकल मेकानिक ,"मिथिलेशप्रसाद सरार्फ " । विशेष गरी बुलेट मोटरसाइकलमा देखिने कुनै पनि समस्या सहजै पत्ता लगाउने र समाधान गर्न सक्ने मिथिलेश बुलेट किंगका रुपमा पनि चिनिन्छन् । सेवाग्राहीहरु मुख्यतया बुलेट राइडरहरु उनलाई नै खोज्दै रातोपुलस्थित वर्कशपमा पुग्छन् । 

"काठमाडौँ मेरो लागि दोस्रो घर हो । सबै बुलेट राइडरहरुको विश्वासले मा आज यहाँ सम्म पुगेको छु", उनी भन्छ्न् ," मेरो काम प्रतिको विश्वासले मलाई अझै हौसला दिन्छ र यसले मलाइ काम गर्न सजिलो पनि हुन्छ ।" 

वीरगंजमा जन्मिएका मिथिलेश आफ्नो बुबाको ग्यारेजमा सानै उमेरदेखि काम गर्थे । मिथिलेशका बुबा पनि त्यो बेलाको वीरगंजको बुलेट किंग भनेर चिनिने रहेछन् । मिथिलेशको बुलेट प्रतिको लगाव पनि घरमा बुलेट ग्यारेज र घरमै बुबासँग दुई वटा बुलेट भएकाले जागेको रहेछ । ग्यारेजमा सँगसँगै काम पनि गर्थे ।

कोही त आफैँ एक्लै गरेर पनि बनाइदिने गर्थे मिथिलेश ।  उनी सानै उमेरमा राम्रो मेकानिक भैसकेका थिए । शिवशक्ति ग्यारेज भनेपछि मोटरसाइकल बनाउन पूर्वी लहानदेखि चितवनसम्मका राइडर बुलेट बनाउन आउने गर्दथे ।  

स्कुलबाट आएपछि होस् बिहान स्कुल नजाँदासम्म हाेस् मिथिलेशको बास ग्यारेजमै हुने गर्थ्यो । एसएलसी सकेर मिथिलेश घरमा आर्थिक अवस्थालाई हेरेर वैदेशिक रोजगारको लागि मलेसिया पुगे । त्यहाँ पनि उनले फलामकै कम्पनीमा काम गर्थे ।

३ वर्ष बसेर २०६२ सालतिर काठमाडौँ छिरेर कालोपुलमा हेल्पर मेकानिक भएर काम गर्ने थाले । त्यो बेलामा घरबाट बुलेट ल्याएका थिए मिथिलेशले । ग्यारेजको साहुसँग सामान्य होन्डाको बाइक हुँदा हेल्पर मेकानिकसँग बुलेट बाइक देखेर बाइक बनाउने मान्छेहरु अचम्म मान्थे ।

२ वर्ष कालोपुलमा काम गरेर मिथिलेशले काठमाडौँको मान्छेको बाइकप्रति सम्बन्ध, बाइक कसरी चलाउँछन् , कस्तो गरी राख्छ्न् र कस्तो मेकानिक खोज्छन् जस्ता कुराहरु हेरेर आफ्नै ग्यारेज खोल्ने निर्णय गरे ।

मुख्यतया बुलेट नै हेर्ने भएकाले उनले २ वर्ष काम गर्दा बुलेट चढ्ने र बनाउन आउनेसँग राम्रो सम्बन्ध बनाइसकेका थिए र ग्यारेज पनि बुलेट बाइकलाई बढी प्राथमिकतामा राखेर खोले ।

त्यो समयसम्म काठमाडौँमा बुलेट चढ्नेहरुको पनि संख्या बिस्तारै बढ्दै थियो । बुलेट राइडरहरुको छुट्टाछुट्टै क्लबहरु पनि बन्न शुरु भएको थियो । नासा बुलेट क्लब, काठमाडौँ लेजेन्ड्स जस्ता अन्य क्लबहरु स्थापना भए ।  

बुलेट बनाउन आउनेहरुसँगको सम्बन्धले गर्दा रातोपुल आफ्नै ग्यारेजमा काम गर्दै गर्दा नासा बुलेट क्लबबाट मिथिलेशलाई क्लबकै तीनकुनेस्थित बुलेट वर्कशपमा हेड मेकानिक भएर काम गर्ने र त्यो स्वीकार्दै उनले बुलेटको हेड मेकानिक भएर तीनकुनेमा काम गर्छन् ।

यता रातोपुलको ग्यारेजमा मेकानिक राखेर आफू उता लाग्छन् । तीनकुनेस्थित वर्कशपमा लगभग काठमाडौँका सबै बुलेट राइडरहरु आफ्नो बाइक बनाउन आउने गर्दथे । 

बुलेटप्रतिको मिथिलेशको खुबीले सबैको रोजाईमा मिथिलेश पर्दथे । मिथिलेशको काम गराइले बिस्तारै सबैले मन पराउदै गएपछी मिथिलेशलाइ बुलेट किंग भनेर चिनिन थाले । विभिन्न बुलेट क्लबहरुले बर्सेनि आन्तरिक पर्यटनलाई प्रवर्दन गर्दै राइडरहरुको आयोजना गर्छन् । सबै राइडरहरुमा मिथिलेश नै हेड मेकानिक भएर हिँड्ने गर्छन् । 

क्लासिक लुक्समा सबैभन्दा मन पराइएको मोटरसाइकल मध्येको बाइक हो बुलेट । भारतीय कम्पनी रोयल इन्फिल्डबाट निर्मित मोटरसाइकल मध्येको सबैभन्दा सफल उत्पादन हो बुलेट । 

त्यस्तै अर्को क्लब नेपाल बुलेट हाउसका संचालक रमेश कार्की भन्छन्," हामी जति पनि राइडमा जान्छौँ, हाम्रो राइडमा मिथिलेश गएन भने राइड अधुरो पनि हुन्छ। मिथिलेश गएको भनेको राइडको मेरुदण्ड बनेर गएको लाग्छ ।"  

कोभिडपछि नासा वर्कशप छाडेर मिथिलेश अहिले रातोपुलमा आफ्नै ग्यारेज पशुपति वर्कशप चलाइरहेका छ्न् ।

IMG_7823.jpg
IMG_7813.jpg
IMG_7796.jpg
IMG_7789.jpg
IMG_7793.jpg
IMG_7809.jpg
IMG_7800.jpg
IMG_7802.jpg
IMG_7799.jpg
IMG_7797.jpg
IMG_7807.jpg
IMG_7804.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ