arrow

दुई दिनदेखि बन्द यातायात सञ्चालन

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
mahakali-yatayat.jpeg
कञ्चनपुर । कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सेवा बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । 
 
मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको बैठकमा बन्द यातायात सञ्चालन गर्ने सहमति भएपछि यातायात सेवा सञ्चालन भएको हो । 
 
बैठकमा नमस्ते शुक्लाफाँटा यातायात सेवा वैधानिक भए÷नभएको बारे यातायात व्यवस्था विभागमा पत्राचार गर्ने र विभागबाट प्रत्युत्तर आएपछि मात्रै वैध भएको खण्डमा यातायात सेवा सञ्चालन गर्न दिने सहमति भएको छ । 
 
यातायात व्यवसायीले एकअर्काका बस तोडफोड नगर्ने र तोडफोड गरेको खण्डमा कारबाही गर्ने बैठकमा सहमति भएको छ । 
 
नमस्ते शुक्लाफाँटा यातायात व्यवसायी समितिको आधिकारिकताको विषयलाई लिएर महाकाली र पवनदूत यातायात व्यवसायी समितिले यातायात सेवा बन्द गरेको थियो । 
 
सोही क्रममा दुईवटा बसमा समेत तोडफोड भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ