arrow

विश्वविद्यालयमा दलका भ्रातृ संगठनलाई बन्देज गर्न सकिँदैन – मन्त्री राई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
ashok kumar rai.jpg

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयबाट राजनीतिक दलका भ्रातृ संगठनहरुलाई बन्देज गर्न नसकिने बताएका छन् । 

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयबाट भ्रातृ संगठनलाई बन्देज नै लगाउने अवस्था संवैधानिक कानूनी प्रावधानले नदिने भएपनि निश्चित किसिमको आचारसंहितामा बाँध्न सकिने बताए ।

उनले विद्यार्थी युनियनहरु के गर्न पाउने, के नपाउने ? भन्ने कुरा कानूनमा नै सो आचारसंहिता तय गर्नुपर्ने उल्लेख गरे । उनले यस्ता कार्यलाई रोक्न राजनीतिक दलहरुले पनि आफ्ना भ्रातृ संगठनहरुलाई सचेत गराउनुपर्ने र सरकारले पनि आचारसंहीता लागू गर्नुपर्ने बताए । 

मन्त्री राईले विद्यालय शिक्षा ऐन प्रक्रियामा रहेको र प्रक्रियामा समस्या भएका कारण ढिलाइ भइरहेको बताए । उनले प्रक्रियामा समस्या भएका कारण यही हप्ताभित्र आउने भनिएको विद्यालय शिक्षा ऐन संसदमा आउन नसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ