सुन प्रकरणका दोषी छिट्टै कानूनी दायरामा –गृहमन्त्री श्रेष्ठ
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
556
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउने बताएका हुन्।
अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाउने उनले बताए । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ। हाम्रो स्टयाण्डबाइ निर्देशन छ। प्रधानमन्त्रीको पनि स्टयाण्डबाइ निर्देशन छ। जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसुन्,’ उनले भने।
यस्तै उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेको बताए।