arrow

एमालेले लोकमानविरुद्ध संसदमा महाभियोग दर्ता गर्‍याे, कार्की घर फर्किए

माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदकाे हस्ताक्षर

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौं । प्रमुख विपक्षी एमाललेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग दर्ता गराएको छ । 
 
संसद भवन बानेश्वरमा बसको एमाले संसदीय दलको बैठकले गरेको निर्णय अनुरुप महाभियोग प्रस्ताव दर्ता गरेको एमाले प्रमुख सचेतक भानुभत्तः ढकालले हाम्राकुरालाई जानकारी दिए । बुधबार साँझ पौने ५ बजे महाअभियोग प्रस्ताव दर्ता गराएको ढकालले बताए । 
 
ढकालले भने, ‘एक चौथाई सांसदहरुको हस्ताक्षर चाहिनेमा हामीले १ सय ५७ जनाको हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गरेका छौं ।’ दर्ता भएको सात दिन भित्र सभामुखले यसबारे कारबाही अघि बढाउनु पर्ने प्रावधान छ । 
 
यद्यपि, सभामुख ओसनरी घर्ती विहिबार विदेश जाँदै छिन् । यस्तै, संसदले वुधबार मात्रै महाभियोग समिति गठन गरेको छ । संसदमा महाभियोग प्रस्ताव दर्ता गरेपछि स्वतः निलम्बन हुने व्यवस्था छ । कार्कीले अब गतिविधि गर्न पाउने छैनन् । 
 
.......................
 
महाभियोग प्रस्तावमा एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितको हस्ताक्षर छ ।
 
हस्ताक्षर गर्नेमा सत्ताधारी माओवादीका सांसदहरु समेत रहेका छन् । माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका बताइएको छ । 
 
एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कांग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् । यसअघि अहिले स्वास्थ्यमन्त्री रहेका कांग्रेस सांसद गगन थापाले अख्तियार प्रमुखको गतिविधिबारे सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएका थिए । 
 
...................................
 
संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लोकमानको गतिविधिको आलोचना गरे । अध्यक्ष ओलीले लोकमान सिंह कार्कीको नाम नलिएपनि  कसैले पनि आफ्नो दायरा नाघ्न नहुने बताए । उनले भने, ‘सरकार लगायत सबै निकायहरुले आफ्नो दायरा र लक्ष्मणरेखाभित्र बस्नुपर्छ । उनले यत्ति भनेको केही समयमैमा महाभियोग दर्ता भएको हो । 
 
...........................
 
उता, कार्की वुधबारै स्वदेश फर्किएका छन् ।  क्यानाडाबाट भारत पुगिसकेका कार्की राष्ट्रपतिको कार्यालयबाट थप विदा स्वीकृत गराएर दुबई पुगेका थिए । कार्की दुबइको शेखमायद रोडस्थित एक होटलमा बसेको बताइएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ