arrow

च्याउ खाएर गयो रामदुलारीको ज्यान 

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० साउन ६ शनिबार
forest-mushrooms.jpg
तस्बिर – फाइल ।

डडेल्धुरा । जंगली विषालु च्याउ खाँदा डडेल्धुरामा एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजदूरको विषालु च्याउ खाँदा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–७ बस्ने वर्ष ५० की रामदुलारी थारु हुन् । उनले शुक्रबार साँझ जंगली च्याउ खाएकी थिइन् । 

च्याउ खाएर बिरामी परेकी राम दुलारीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ