काठमाडौं । प्रमुख विपक्षी एमाललेले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाभियोग दर्ता गरेको केही समयमै कार्की काठमाडौं आइपुगेका छन् ।
एमालेको वुधबार संसद सचिवालयमा महाभियोग दर्ता गरेको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
महाभियोग दर्ता भएको केही समयमै कार्की साँझ करिब ८ बजे अबुधावीबाट इत्तिहाद एयरको ईवाई २९२ विमानबाट त्रिभुवन विमास्थलमा ओर्लिए । यद्यपि उनका सहयोगिले थाहा नभए जस्तो गर्दै हतार–हतार फोन राखे ।
मंगलबार मात्रै सर्वोच्च अदालतले प्रमाण सहित अदालतमा उपस्थित हुन फेरि आदेश दिएको थियो ।
यस्तै, सोमबार मात्रै सर्वोच्च अदालतको तामेलदार टोलीले कार्कीको घरमा अदालतमा उपस्थित हुने म्याद टाँसेको थियो । कार्कीको नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३१ भदौ २०७३ मा निस्सा प्रदान गर्ने आदेश दिएको थियो ।
त्यस लगत्तै कार्की ३ असोजमा चार दिने कार्यक्रममा सहभागि हुन भन्दै क्यानाडा हानिएका थिए । क्यानाडाबाट भारत आएपुगेका कार्की फेरि थप विदा स्वीकृत गराएर दुबई हानिए ।