arrow

यस वर्षदेखि एसएलसीमा फेल हट्यो, नौ समूहमा ग्रेडको व्यवस्था

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
SLC.jpg.jpeg
भक्तपुर । वर्षदेखि प्रवेशिका परिक्षा एसएलसीको नतिजा अक्षरांक प्रणाली अर्थात लेटर ग्रेडिङमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् बैठकले यस्तो निर्णय गरेको हो । विहिबार बसेको परिषद् बैठकले पास र फेलको सवालै नउठ्ने गरी ग्रेडिङ प्रणाली यसै वर्षबाट सामान्य तहमा समेत लागु हुने निर्णय सुनाएको छ । परिषद्ले गत वर्ष प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीको परीक्षणको रुपमा ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गरेको थियो ।
 
शिक्षा मन्त्री अध्यक्ष रहने परिषद् बैठकले परीक्षाफल प्रकाशनलाई नौ समूहमा विभाजन गर्ने व्यवस्था सार्वजनिक गरेको हो । यस प्रणालीअनुृसार ९० देखि १०० प्रतिशतसम्म ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम प्रतिशत ल्याउनेलाई ‘बी प्लस’ ६० देखि ७० भन्दा कम ल्याउनको ‘बी’, ५० देखि ६० भन्दा कम अंक ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम अंक ल्याउनलाई ‘सी’ उल्लेख गरेको लब्धाङ्कपत्र पाउनेछन् ।
 
यसैगरी, २० देखि ४० भन्दा कम अंक ल्याउनेलाई ‘डी’, एक देखि २० भन्दा कम अंक प्राप्त गर्नेले ‘इ’ उल्लेखित लब्धाङ्कपत्र पाउने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले बताए । यस्तै, समूह ‘एन’ मा राखेको शून्यलाई ग्रेडिङ गरेको छैन ।
 
पौडेलका अनुसार यस व्यवस्थापछि विद्यार्थीको शैक्षिक प्रमाण–पत्र अर्थात लब्धाङ्क पत्रमा उत्तीर्ण र अनुत्तीर्णको व्यवस्था रहने छैन । जसको सट्टा पाउने ग्रेड विषयगत तथा समग्र दुवै हुनेछ । परिषद् बैठकले डी र इ भन्दा कम अंक ल्याउने विद्यार्थीले माथिल्लो ग्रेड ल्याउन ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यबस्था गरेको छ । दुई विषय अनुत्तिर्ण भएकाहरुले उक्त परीक्षामा सहभागी हुन पाउने छन् । 
 
परिक्षर्थाीले दुई विषयमा माथिल्लो ग्रेड ल्याउन चाहेमा माध्यमिक शिक्षा उतिर्ण परीक्षा समितिको निर्णय बमोजिम ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउनेछन् । ‘डी र इ भन्दा तल्लो ग्रेड पाएका परिक्षार्थीले दुई विषय भन्दा बढी विषयमा पुनः मूल्याङ्कन गराउन चाहेको खण्डमा अर्को वर्षको मूल परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । जसको लब्धाङ्क पत्र अर्को वर्षमा प्राप्त गरेको ग्रेड समावेश मात्रै वितरण हुनेछ । ‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ