arrow

रीस उठ्यो कि ‘आलु जस्तो’ ! त्यही आलुका यी १४ नसोचेका फाइदा

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
potato.jpeg
काठमाडौं । रीस उठ्यो कि ‘आलु जस्तो’ भनी नेपाली युवाको जत्था धेरै छ । त्यसो त आलु अन्य जुनसुकै तरकारीमा मिसाउन सकिन्छ । आलु एक्लैका पनि कयौं परिकार बन्छन् । 
 
त्यही आलु जस्तो भनी हेपाहा आलुका अझ कयौं फाइदा छन् । आलु खानमामात्र हैन अन्य थुप्रै काममा उत्तिकै महत्वपूर्ण छ । 
 
आलु जस्तोसुकै भए पनि यसले मानिसको अनुहारदेखि अन्य वस्तुसम्म सुन्दर बनाउन मद्धत गर्छ । 
 
के के गर्छ त आलुले ? 
१, छालाका जुत्तामा चमकपन गयो भने त्यसमा पुनः चमक ल्याउन आलु नै चाहिन्छ । आलुको एउटा टुक्रा लिएर जुत्तामा रगड्ने अनि त्यसमा पालिस लगाउने गर्दा चमक बढ्छ । 
 
२, पानीमा आलु उसिन्ने अनि त्यही पानीमा चाँदीका भाँडा केही समय राखेर माझ्दा भाँडाको कालोपन हटेर चमक आउँछ । 
 
३, फलामका भाँडाकुँडामा लागेको खिया हटाउन आलुले मद्धत गर्छ । आलुको टुक्राले असर पुगेको भाँडा रगडे पुग्नेछ । 
 
४, कुनै सुपमा नूनको मात्रा बढी भयो भने त्यो सुपमा आलुका साना साना टुक्रा राखेर पकाउने हो भने त्यसको समाधान हुन्छ । 
 
५, गगल्स चस्मा सफा गर्नु छ भने आलुको टुक्रा नै काम लाग्छ । टुक्राले गगल्समा रगड्ने अनि पानीले सफा गरे पुग्छ । 
 
६, हलेदो लगायतले गर्दा हातको रङ नगएको भए आलुका टुक्रा रगडेसंगै उक्त रङ हट्छ । 
 
७, झ्यालका शीशा फोहर भए आलुको बोक्राको प्रयोग गरे पुग्छ । 
 
८, कुहिएको वा खराव आलु नफालौं । यसलाई गमलामा वा बगैंचाको माटोमा मिलाइदिने हो भने सबैभन्दा राम्रो मल बन्छ । 
 
९, आँखा वरिपरि कुनै दाग देखियो भने आलुको स्लाइस बनाएर आँखामा राख्ने हो भने त्यो सामान्य भएर जान्छ । 
 
१०, शरीरमा मसल्स दुखाइ भयो भने आलुलाई तताएर वा चिसाएर सेक्दासमेत त्यसले राम्रो राहत महसुस हुन्छ । 
 
११, आलुमा ब्लिचिङ तत्व हुने भएकाले छालामा देखिएको कुनै पनि कालोपन हटाउन आलुको रस लगाउँदा राम्रो गर्छ । 
 
१२, अनुहारमा रहेका काला दागलाई पनि यसले सहजै हटाउँछ । 
 
१३, घाममा डढेको छालालाई नरम पार्न आलुको स्लाइसले पाँच मिनेटसम्म घोट्ने हो भने राम्रो गर्छ । सो ठाउँलाई घोटिसकेपछि चिसो पानीले धुन सकिन्छ । 
 
१४, काटेको आलुलाई १० मिनेटसम्म पानीमा तताएपछि सो पानीले कपालमा स्याम्पु गरी धुने हो भने प्राकृतिक चमक आउँछ । (एजेन्सी) 
  
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ