arrow

लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावमा बिहीबार १ बजे संसदमा छलफल हुँदै

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
lokman-singh-karki.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन दर्ता भएको महाअभियोग प्रस्तावमा संसद बैठकमा बिहीबारै छलफल हुने भएको छ । यसबारे दिउँसो १ बजे छलफल हुने संसद सचिवालयका सहसचिव हिमलाल सुवेदीले हाम्राकुरालाई जानकारी दिए । 
यो विषयमा छलफल गरी यो महाअभियोगको प्रस्ताव महाअभियोग समितिमा जानेछ । 
 
यो समितिले भने कति समय लिन्छ भन्ने यकिन अवधि संविधानमा तोकिएको छैन । समितिले छलफलको विषय पाएसंगै बयान लिन थाल्नेछ । 
 
यसअघि बुधबार सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेले कार्कीविरुद्ध संसद् सचिवालयमा संयुक्त रूपमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
 
माओवादी केन्द्रका महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेको उक्त प्रस्तावमा दुई दलका १ सय ५७ जना सांसदको हस्ताक्षर छ । 
 
सर्वोच्च अदालत र अख्तियार प्रमुख कार्कीबीच टकराव चरमोत्कर्समा पुगेका बेला केही महिनाअघिमात्र सत्ता साझेदारीबाट टाढिएका दुई बामपन्थी घटकले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अगाडि सारेका हुन् । 
 
बुधबार साँझ अविश्वास प्रस्ताव दर्ता भएसंगै सभामुख ओनसरी घर्तीले यो विषयबारे राष्ट्रपति र प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन् । 
 
महाअभियोग प्रस्ताव दर्ता भएसंगै लोकमान सिंह कार्कीले अख्तियार प्रमुखको हैसियतमा काम गर्न पाउने छैनन् । यो मुद्धाको टुंगो नलागेसम्म उनी स्वतः निलम्बित हुन्छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ