काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तोकिएको समय भन्दा तीन घण्टा पछि सरेको छ । कार्तिक ४ गते विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक दिउँसो २ बजे बस्नेगरी सरेको नेपाली काँग्रेसले जनाएको छ । संसदमा महाभियोग प्रस्ताव दर्ता भएको परिस्थितिमा संसदमा भाग लिन काँग्रेसले आफ्नो वैठक केहि घण्टालाई पछि सारेको हो।
उक्त बैठकमा— वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने पनि काँग्रेसद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशनानुसार उपस्थितिका लागि पनि नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।