arrow

अवैध सुन प्रकरण

घरमा छापा मारेपछि व्यापारी अडुकियाको बारेमा जान्न खोज्नेहरु बढ्दै

पैसठ्ठी सालअघिसम्मका शेयरका खेलाडी अडुकिया करोडौँ निक्षेप डुबाउने पात्र, कमलादीमा फाइनान्सियल टावर बनाउने भनेर ९० करोड ऋण लिएपछि टावर नै नबनाइ फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
rakeshkumar-adugiya-2080-04-10.jpg

काठमाडौँ । विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै एक सय किलो सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेपछि उनी को हुन् भन्ने बारेमा कौतुहलता उत्पन्न भएको छ । 

विगतदेखिनै शंकास्पद रुपमा रहेका अडुकिया नेपाली शेयर बजारका चर्चित खेलाडी हुन् । उनी अडुकिया आफ्नो कारोबार बिग्रेपछि सुनको बिचौलीको रुपमा अघि बढेका हुनसक्ने राजश्व अनुसन्धान विभागक कर्मचारीले अनुमान गरेका छन् । 

विगतमा उनको ट्राभल हिस्ट्री हेर्दा पनि उनीमाथि शंका गर्ने ठाउँ भेटिएपछि बुधबार साँझ उनको घरमा छापा मारिएको थियो ।  

पछिल्लो एक महिनामा पटक–पटक भारत, दुबई र हङकङ ओहोरदोहोर गरिरहने उनी हङकङमै कार्यालय खोलेर बसेका व्यक्ति हुन् । 

विमानस्थलबाट सुन बरामद हुनुभन्दा नौ दिनअघि भारतको बाटो हुँदै हङकङ र त्यहाँबाट दुबईको बाटो भएर काठमाडौँ आएपछि विभागका कर्मचारीहरुले उनीमाथि शंका गरेका थिए । 

जुन महिनाको २६ तारिख, अर्थात् असार ११ गते उनी भारत छिरे । त्यहाँबाट हङकङ पुगेका उनी जुलाईको ४ तारिख, अर्थात् असार १९ गते हङकङबाट दुबई पुगे ।

५ तारिख बिहानको राति १२ः३९ बजे काठमाडौँ ओर्लिएको उनको ट्राभल हिष्ट्रीले जनाएको छ । यात्रा विवरण अध्ययन गर्दा जुन र जुलाई महिनामा मात्रै २५ पटक भारत, हङकङ, दुबई, काठमाडौँ ओहोर–दोहोर स्रोतको दाबी छ । 

उनी प्रत्येक पटक बाटो बदल्दै यात्रा गर्थे । तर सुन बरामद भएयता यो चहलपहल बन्द छ । उनको ट्राभल हिस्ट्री हेर्दा अडुकिया राजस्व अनुसन्धानको निगरानीमा परेपछि उनका छोरा भारततर्फ गएका छन् । 

२०६५ साल अगाडिसम्म शेयर बजारको खेलाडी मानिएका थिए । अडुकिया गोर्खा विकास बैंकमार्फत् सर्वसाधारणको करौडौँ निक्षेप डुबाउने मुख्य पात्र हुन् ।  

लक्ष्मी बैंकका मालिक राजेन्द्र खेतानका बहिनी ज्वाइसमेत हुन् । उनी गोरखा बैक मार्फत कमलादीमा फाइनान्सियल टावर बनाउने भनेर ९० करोड ऋण लिएपछि टावर नै नबनाई फरार भएका थिए । ०६५ सालपछि अडुकियाले पछि वेल्थ एक्सचेन्ज नामक कमोडिटी मार्केटिङ कम्पनी खोली अर्को ठगी धन्दा पनि गर्दै आएका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ