arrow

लम्पीको लपटमा मुलुक

के लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउनुहुन्छ ? [भिडियोसहित] 

देशभर एक करोड २६ लाख गाई भैँसी, साढे दश लाख बढीमा लम्पी, ४८ हजार बढीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
dr-chandra-dhakal-.jpg

काठमाडौँ । पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ । जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन् । 

तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ । पछिल्लो समय देशभर पशुहरु लम्पी स्किनबाट संक्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुले दिने दूध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ । 

तर लम्पी स्किन रोग संक्रमित पशुको दूध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरु बताउँछन् । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दूध उमालेर खान सकिने बताए । 

उनले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिए । 

उनले बिहीबारसम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताए । लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चाँैरीमा देखिने गरेको छ । डा. ढकालले भेँडा, बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताए । 

यदि रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दूध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ । 

यस वर्ष हालसम्म लम्पी स्कीन रोगका कारण मृत्यु भएका पशुको संख्या ४८ हजार १३३ रहेको पशु विभागको तथ्याङ्कमा उल्लेख छ । 

डा. ढकालले पछिल्लो समय देशका विशेषगरी पहाडी, मध्यपहाडी र उच्च पहाडी भूभागमा रोग व्यापक रुपमा फैलिएको जानकारी दिए । २ लाख ३७ हजार २८१ पशुमा सकृय संक्रमण देखिएको छ । 

कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै संक्रमण देखिएको छ । 

डा. ढकालले लम्पी स्किन एक किसिमको भाइरसले लाग्ने संक्रामक रोग भएको बताए । 

उनले लम्पी स्किन छिटो फैलने र यसले पशुका सबै अंग प्रणालीमा संक्रमण गर्ने बताए । 

यसका लक्षणहरुमा छालामा घाउ नै घाउहरु देखिने, १ देखि ५ सेन्टिमिटरसम्मका गोला गिर्खाहरु बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने हुन्छ । अहिले लम्पी स्किन भाइरस विरुद्धको खोप स्थानीय पालिकामा उपलब्ध रहेको डा. ढकालले बताए । 

संक्रमित क्षेत्रबाट पशु किनेर पनि ल्याउन नहुने बताउँदै उनले एउटा पशुले गर्दा हजारौँ पशुहरु संक्रमित हुनसक्ने बताए । 

महामारी रोकथाममा किसान, उपभोक्ता, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीको भुमिका उल्लेखनीय रहने बताए । 

देशभर एक करोड २६ लाखको हाराहारीमा गाई, भैँसी रहेको विभागको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । 

डा.ढकालले सरकारले लम्पी स्किन रोगको सर्भिलेन्स गरिरहेको पनि बताए । यो रोग मौसमसँग पनि जोडिएको छ । 

वर्षायाममा कीराहरुको प्रकोप बढी हुने, विशेषगरी लामखुट्टे, झिंगा, भुसुना, किर्नाहरुले रोग सार्न सक्ने हुनाले तिनीहरुको प्रकोप बिस्तारै घटेपछि रोगको प्रकोप पनि घट्दै जाने चिकित्सकहरु बताउँछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ