arrow

राष्ट्रिय सभा एक साताका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ । 

यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । उक्त विधेयकलाई प्रतिनिधि सभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो । राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो । 

उक्त विधेयक पारित गरेपछि बैठक आउँदो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी गराए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ