माइती नेपाललाई एम्बुलेन्स दिने सांसद डा शर्माको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
2.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता डा.सुनील शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् ।
मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् ।
सीएनएन हिरोसमेत बनिसकेकी बागमती प्रदेशकी पूर्व प्रमुख अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ ।
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्माले यसअघि पनि विभिन्न सामाजिक संघ संस्थालाई एक दर्जन बढी एम्बुलेन्स दिइसकेका छन् ।
पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटमा पनि सांसद शर्माले एम्बुलेन्स दिएका छन् ।
झापा, मोरङमा पनि सांसद शर्माले प्रदान गरेका एम्बुलेन्सबाट धेरै विरामीले सेवा पाइरहेका छन् ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुँदा डा.शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआईभी संक्रमण पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए ।
माइती नेपालमार्फत आउनेलाई दिइँदै आएको निःशुल्क उपचार सेवालाई निरन्तरता दिइने सांसद शर्माले जानकारी दिएका छन् ।