arrow

आँखा पाक्ने रोगबाट बच्न के गर्ने (भिडियो)

जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ आँखा पाक्ने रोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
AAKHA-PAKNEY.jpg

काठमाडौं ।  विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । 

तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् । उनले भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको बताइन् । उनले यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखिएको बताइन् । 

आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले  भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन् । उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् । डा.बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताइन् । डा.बज्राचार्यले एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिन सक्ने भन्दै यो आँसुबाट सर्ने बताइन् । 

आँखा पाक्ने रोग  के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने 
  
के नगर्ने ? 
संक्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने
अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुसी औषधिको प्रयोग नगर्ने 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ