arrow

पत्रकार कृष्ण अञ्जान ज्ञवाली रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
Krishna anjan.jpg

पोखरा । पत्रकार कृष्ण अञ्जान ज्ञवालीको हृदयघातका कारण निधन भएको छ । 

उनको शुक्रबार बुटवलमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उपचारका लागि गुल्मीदेखि बुटवल पुगेका । 

उनलाई शुक्रबार हृदयघात भएको बताइन्छ ।

ज्ञवाली पोखरा र बुटवलमा रहेर पत्रकारितामा सक्रिय थिए । 

ज्ञवाली गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं. १ थोर्गा निवासी हुन् । 

दुई वर्षअघि आमा यमकलाको निधन भएपछि उनी आफ्नै घरमा रहेर पत्रकारितामा गर्दै आएका थिए ।

उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा हत्या भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ