विहारका मुख्यमन्त्री नितिश कुमारले एक सभामा प्रधानमन्त्री नरेन्द्र मोदीतिर संकेत गर्दै भने“चिया बेच्ने प्रधानमन्त्री हुन्छ भने पान बेच्नेको बच्चा किन हुन सक्दैन ?” उनको यो जवाफ सात सालको एक बच्चाको भाषणबाट प्रेरित थियो । १६ मे २०१५ पटनामा आयोजित चौरसिया महासम्मेलनमा नालंदाका कुमार राजलाई शिक्षा व्यवस्थाका बारेमा भाषण दिन बोलाइयो । उनले सरकारको मात्र नभई आम जनताको पोल खोली दिए ।
उनले भने “दोहोरो शिक्षा व्यवस्था छ, धनीको लागि अलग जसका बच्चा नाम चलेका निजी विद्यालयमा पढ्न जान्छन् र गरिबका लागि अलग जसका बच्चा सरकारी विद्यालयमा पढ्न जान्छन् । यसबाट के कुरा स्पष्ट हुन्छ भने निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा शिक्षक छन् तर शिक्षाको अभाव रहेको छ । पूर्वाधार छ तर पूर्वाधारको समुचित प्रयोग गर्ने सोचाई रहेको छैन ।
हामीसँग डाक्टर पढाउने कोटा सरकारले पनि व्यवस्था गरेको छ तर हामीकहाँ पढेका डाक्टरहरू दूर्गममा पढाउन जाँन, स्वास्थ्य उपचार गर्न पनि किन उनीहरू जाँदैनन् । किन कोही पनि डाक्टर, इन्जिनियर र सरकारी विद्यालयका शिक्षक पनि आफ्ना बच्चालाई सरकारी विद्यालयमा पढाउन चाहँदैनन् रु यो गम्भीर प्रश्न सम्बन्धित पक्षलाई सम्बन्धित व्यत्तिःहरूलाई नै । यसैको कारणले गर्दा हामी बच्चाहरु हिन भावनाको सिकार हुँदैछौं ।
सात बर्षे बालक कुमार राजले भने “ठूलो भएर संयोगबस म यो देशको प्रधानमन्त्री हुन्छु भने सबै भन्दा पहिले यो देशका निजी विद्यालय बन्द गर्नेछु र सबै बच्चा एकसाथ पढ्ने छन् । देशमा समान शिक्षा लागु गर्नेछु । कुमार राज जब भाषण दिइ रहेका थिए नितिश कुमार टाउको झुकाएर उसलाई सुनिरहेका थिए । अन्तमा कुमार राजलाई उनले माला हाली दिए र हरसम्भव मद्दत गर्छु भनि आश्वासन दिए । तर कुमार राजले देशको शिक्षा व्यवस्थामा उठाएका सवालहरुमा नितिश कुमार एक शब्द पनि बोल्न सकेनन् । कुमार राज गरीब परिवारका बच्चा हुन् भने नितिश कुमार बिहारका मुख्य मन्त्री हुन् । यहाँ कुमार राज सरकारी विद्यालय पढ्ने गरीब परिबारका बच्चाको प्रतिनिधित्व गर्छन् भने, नितिश कुमार दोहोरो शिक्षा व्यवस्था लागु गरेका देशका शासकको प्रतिनिधित्व गर्छन् । कुमार राजले उठाएका सवालको जवाफ यो संसारका दोहोरो शिक्षा व्यवस्था लागु गरेका शासकले दिनु पर्छ । नितिश कुमार सवालको जवाफ दिन असफल रहे तर निजी विद्यालयलाई पालन पोषण गरिरहेका शासकहरुसँग कुमार राजको सवालको जवाफ दिन असफल रहे तर निजी विद्यालयलाई पालन पोषण गरिहेका शासकहरुसँग कुमार राजको सवालको जवाफ हुनुपर्छ ।
विहारको शिक्षा व्यवस्था जस्तै नेपाल शिक्षा व्यवस्था पनि दोहोरो छ । निजी विद्यालय र सरकारी विद्यालयको प्रावधान छ । सरकारी विद्यालयमा सरकारको लगानी छ । पछिल्ला बर्षहरुमा बजेटलाई नियाल्ने मात्र हो भने कूल ग्राहस्थ उत्पादनको चार प्रतिशत र राष्ट्रिय बजेटको १७ प्रतिशत शिक्षाका लागि छुट्याइँदै आएको छ ।सरकारको ठूलो लगानी शिक्षा क्षेत्रमा हुँदा हुँदै पनि सरकारी विद्यालयको गुणस्तर खस्किदो छ । विद्यार्थी भर्ना संख्या पनि घटिरहेको छ । सरकारी विद्यालय गरीबका छोरा छोरी मात्र पढ्ने विद्यालयको रुपमा विकसित हुँदै छन् । सरकारी विद्यालयको असफलतासँग निजी विद्यालय फस्टाउनु स्वभाविक हो । शिक्षा व्यापारमा परिणत भैसक्यो । आज बियर फ्याक्ट्रीमा लगानी गर्नेहरु समेत निजी विद्यालयमा लगानी गर्ने हौसिएका छन् । यो हौस्याइएको पछाडि एउटै कारण भनेको निजी विद्यालयको मुनाफा सिधै व्यक्तिको खल्तिमा जाने हो । शिक्षालाई आर्थिक र सामाजिक कारणले पैदा हुने विभेद, असमानता न्यूनिकरण गर्ने भरपर्दो अस्त्र मानिन्छ । जो जुन पारिवारिक पृष्ठभूमिबाट आएको होस्, उनीहरु एकअर्का बीचमा घुलमिल गर्ने सहकार्य गर्दै अघि बढ्ने अवसर विद्यालयले नै उपलब्ध गराउँदछ । र कालान्तरमा समाजमा समता, भातृत्व र एकताको सुत्रपात गराउने कर्तव्य यो नै बन्न जान्छ । दुर्भाग्यवश नेपालको अवस्था परक छ । हाम्रो शिक्षा वर्गीय विभेदलाई बढाउँदै छ । असमानता बढ्दै छ । धनि र गरीका लागि भनेर अलग अलग विद्यालय निर्मित छन् । निजी विद्यालयको महँगो शुल्क तिर्न नसकेर गरीब परिवारका विद्यार्थी सरकारी विद्यालय पढाउँछन् ।
आज भोली नेपाली समाजमा प्रतिष्ठा नाप्ने नयाँ यन्त्रको विकास भएको छ । ठूला ठूला सामाजिक समारोहमा छोरा छोरीको कुरा गर्दा कसले ठूलो नाम चलेको निजी विद्यालयमा पढाउँदैछ प्रतिस्पर्धा नै चल्छ । महँगो निजी विद्यालयमा पढाउने अभिभावकको समाजमा समान नै परक हुन्छ । नेपालको शिक्षा नीति र समाजको अवस्थाले धनी र गरीबका छोराछोरीलाई एउटै कक्षा कोठा भित्र पढ्ने वातावरण छैन । जुन देशमा डाक्टरका छोराछोरी र डकर्मीका छोराछोरी बाल अवस्थामा त भेटघाट गराउने शिक्षा छैन भने त्यो देशमा समानता र सामाजिक न्याय कोरा कुरा मात्र हुन् । अहिले नेपाल संविधान कार्यनयनको क्रममा छ । देशमा भइरहेका शोषण असमानता अन्त्य गर्ने गरि संविधान कार्यनयन गर्न जरुरी छ । असमानताको खाडल बढाइरहेकको वर्तमान दोहोरा शिक्षा नीति अन्त्य गरी धनी र गरीबका छोराछोरी एउटै कक्षा कोठामा अटाउन सक्ने शिक्षा नीति आजको आवश्यकता हो । लेखक ( नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका नेता हुन ।